हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चित्रेपानीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको छ । सोमबार साँझ चित्रेपानीबाट शिखरपानीतर्फ आउँदै गरेको ना.४५प ११३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइक दुर्घटना हुँदा चालक स्थानीय २३ बर्षीय सुजन लामा र अमृत पाख्रिन घाइते भएका छन् । सुजनको टाउको र कुममा चोट लागेको छ भने अमृतको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । लामा र पाख्रिनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । परीक्षणमा दुबैले मादक पदार्थ सेवन गरेको पाईएको प्रहरीको भनाई रहेको छ ।