हेटौंडा । बकैया गाउँपालिकामा क्रियाशिल बकैया जेसीजले शनिबार निःशुल्क मास्क वितरण गरेको छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै प्रस्तावित बकैया जेसीजले प्रहरी चौकी तथा दुग्ध उत्पादन सहकारीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

शनिबार बकैया गाउँपालिका वडा नम्बर ४ मा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी चौकी हात्तिसुढे, अस्थायी प्रहरी पोष्ट गरगरे, एकिकृत कृषक बहुउद्देश्यीय सहकारी संस्था, पवस दुग्ध उत्पादन सहकारी संस्था, कर्मचुली दुग्ध उत्पादन सहकारी संस्था, पावस दुग्ध संकलन केन्द्र, हात्तिखोला दुग्ध उत्पादन सहकारी संस्था र नेपाल सितेरियो कराते उपशाखा डोजो छतिवनलाई जनही २५० थान मास्क र आधा लिटर स्यानिटाइजर वितरण गरिएको थियो ।

कोरोना संक्रमणको जोखिममा पनि काम गर्ने संस्थाहरुलाई सहयोग गरिएको प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुयाँलले बताए । बकैया–४ का वडा अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै दंगालले बकैया जेसीजले संस्थागत रुपमा गरेको सहयोगको प्रशंसा गरे । संस्थागतसँगै व्यक्तिगत रुपमा पनि मास्क वितरण गरिएको छ । बकैया गाउँपालिकाको विभिन्न स्थानमा पुगेर मास्क नलगाउनेहरुलाई मास्क वितरण गरिएको उनले बताए ।