
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–४ लम्कना बिचटोलस्थित एक घरमा आगलागी भएको छ । घरमा लगाएको विद्युतको तार सर्ट भएर बिहीवार दिउँसो नारायण फेवाली मगरको घरमा आगलागी भएको हो ।
घरमा आगलागी हुँदा मगरको काठको फुसको छानो भएको एक तल्ले घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडा र काठहरुलगायत सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको प्रहरी भनाई छ । स्थानीय र प्रहरीको सहयोगमा करिव दुई घण्टा पश्चात आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्