हेटौंडा । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएकी छिन ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले आज मनहरीको रजैयामा आयोजना गरेको स्वायत अधिकारका लागि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष विष्टले निकुञ्जका कारण उपभोक्ताहरुले दुःख पाएको बाताइन।आफू पनि निकुञ्जबाट पिडित भएको स्मरण गर्दै विष्टले जनतासँगै आफू पनि मध्यवर्ती सामुदायिक वनको हकहितको लागि लागिरहने बताईन ।

कार्यक्रममा मध्यवर्ती सामुदायिक वनको समस्या समाधान गर्न चुरियामाई मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विर बहादुर मिजारको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रममा मनहरी –९ का वडा अध्यक्ष साधुराम अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष बलराम अधिकारी,स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने,सञ्चारकर्मी भीमसेन पौडेल,सहजकर्ता अन्जली थापा,विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता थियो। कार्यक्रम स्थानीय महासंघ, मनहरीका अध्यक्ष हेमलाल उप्रेतीको सभाध्यक्षतामा भएको थियो ।

भीमसेन पौडेल
थप जानकारी