हेटौंडा । मकवानपुरको बिकट बकैया गाउँपालिका वडा नम्बर १२ ठिंगनमा ईलाका प्रहरी कार्यालय ठिंगनको सुबिधा सम्पन्न नवनिर्मित भवन आज बुधवार उद्घाटन गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका मन्त्री कृष्ण प्रसाद शर्मा खनालले भवनको उद्घाटन गरेका हुन । बागमती प्रदेश सरकारको सहयोगमा २ करोड २३ लाख ४३ हजार ४१४ रुपियाँ लागतमा भुकम्प प्रतिरोधात्मक भवन निर्माण निर्माण गरिएको थियो ।

सुबिधा सम्पन्न भवन बनेपछि शान्ति सुरक्षामा खटिने प्रहरीलाई सहज हुने भएको छ । बागमती प्रदेश सरकारको बिनियोजित बजेटबाट आर्थिक बर्ष २०७५/०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरुको निर्माण कार्यको थालनी भएको थियो । जसमध्ये यस कार्यालय ३९ औं भवन अन्तरगत पर्दछ ।

ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ । नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुई तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेश सरकारका सचिव रुद्र सिंह तामाङ, डिआइजी प्रकाशजंग कार्की, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, एसपी सुरेन्द्रबहादुर गुरुङ, एसपी ईश्वर थापा, बकैया गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष सोमबहादुर तिमल्सिना, ११ का वडा अध्यक्ष गोपालबहादुर न्यासुर, १२ का वडा अध्यक्ष रामबहादुर मोक्तान लगायत स्थानीयहरुको सहभागिता रहेको बकैया गाउँपालिका सदस्य रुपेन घलले जानकारी दिए ।