बकैया गाउँपालिका ३९३.७५ बर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे छ । मकवानपुर जिल्लाकाे दक्षिण पूर्वि भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको छतिवन गा.वि.स.कार्यालय रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्र्तगतका साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर नै छ । शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर देखिन्छ । तामाङ्ग जातिको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।
समावेश भएका साविकका गा.वि.स.हरु धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गा.वि.स.
केन्द्र:साविकको छतिवन गा.वि.स. वडा संख्या:१२
सीमाना:पूर्व:वाग्मती गाउँपालिका पश्चिम:हेटौडा उ.म.न.पा. र मकवानपुरगढी गाउँपालिका उत्तर:ललितपुर जिल्ला र भिमफेदी गाउँपालिका दक्षिण:रौतहट र बारा जिल्ला
स्रोतः https://bakaiyamun.gov.np/
प्रतिक्रिया दिनुहोस्