हेटौँडा । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मकवानपुरको बागमती गाउँपालिकामा रहेको पार्टी कार्यालय निरीक्षण गरेका छन् ।

पूर्वी मकवानपुरको कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्री पाण्डेले बागमती गाउँ पार्टी कार्यालय निरीक्षण गरेका हुन । निरीक्षणक्रममा पार्टीका गाउँ कमिटी इञ्चार्ज खड्गबहादुर पुलामी, अध्यक्ष धनपति तिमिल्सिना, युवा संघ अध्यक्ष नवराज खनाल प्रयासलगायतले स्वागत गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले बागमती गाउँपालिकामा २०३२ सालदेखि नापी भएर पनि जनताले पूर्जा पाउन नसकेको लगायतका गाउँको समस्या मुख्यमन्त्रीलाई अवगत गराएका थिए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट हुन सक्ने सहयोग गरिने बताए ।