हेटौंडा । विश्व हिन्दु महासंघ नेपाल हेटौंडा नगर अध्यक्षमा राजेश वाग्ले चयन भएका छन । हेटौंडा–१०, गोरक्षेश्वर दिव्यधाममा भएको प्रथम नगर अधिवेशनबाट सर्वसम्वत अध्यक्षमा वाग्ले चयन भएका हुन । उनको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

नगर समितिको उपाध्यक्षमा दीपक बनैवाल, तुलसी गिरी, सचिवमा विश्व प्रसाद गौतम, कोषाध्यक्षमा एकनाथ गैरे चयन भएका हुन ।

समितिको सदस्यहरुमा क्रमश अनिल पराजुली, उमेश पराजुली, अर्जुन वाइवा, सुजन ढुंगाना, परिचय श्रेष्ठ, जय हुमागाईं, विनय केशरी, सतिश मिश्र, नवराज ढकाल, विवेक महत, खेमराज न्यौपाने, चक्रधर न्यौपाने, मोदनाथ देवकोटा चयन भएका छन । त्यस्तै सदस्यमा गोपाल अगस्ती, लक्ष्मीनारायण श्रेष्ठ (विक्रम), विजय खड्का, सरोज घिमिरे, कृष्णहरी भट्टराई, रोहित गुप्ता, विकास उप्रेती, रबिन सुवेदी, विक्रान्त बस्नेत, दिनेश सुवेदी, असिम स्याङतान, सहास नेपाली, श्याम दहाल, किरण महत्तो, अमित राजवाहक, पुरुषोत्तम खतिवडा, अनुप वर्नवाल, माधव सिलवाल, गणेश धिमाल चयन भएका छन ।

त्यस्तै समितिको सदस्यमा सुशिल पौडेल, रामचन्द्र नेपाल, अशोक देवकोटा, किरण गौतम, रमेश वाग्ले, राजकुमार तिवारी, सागर गजुरेल, सशाङ्क महत्तो, पुरुषोत्तम सिटौला, सुमित घिमिरे, रामकृष्ण बजगाईं, सुशिल घिमिरे, कृष्ण घिमिरे, सम्झना चौलागाई, बबिता चौलागाई, दिपेशमणि भण्डारी, बिट्टु बानिया, पिंकु शाह, राजकुमार राउत, विपेश जंगक्षेत्री, सत्यन्द्र केशरी र दिनेश सुवेदी रहेका छन । विश्व हिन्दु महासंघको हेटौंडाको १९ वडामा वडा संयोजक पनि तोकिएको छ ।

विजयराज सिग्देलको प्रमुख आतिथ्यता तथा विश्व हिन्दु महासंघ मकवानपुर अध्यक्ष उत्तम शर्मा ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हयग्रीव आचार्य, संस्कृत वेद विद्यालयका अध्यक्ष रामकृष्ण थापा, ईश्वरी प्रसाद न्यौपाने लगायतकाले शुभकामना दिनुभएको थियो । वासुदेव वत्सले कार्यक्रम संचालन गरेका थिए ।