हेटौंडा । मकवानपुरको हेटौंडामा दुई दिनदेखि सम्पर्कविहिन हुनुभएका पुरुष मृत अवस्थामा फेला परेका छन ।

हेटौंडा–१२, पदमपोखरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर थापा मगर घरेटीडाडास्थित भीरमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उहाँ गएको आइतबार रातिदेखि आफ्नो घरपरिवारबाट सम्पर्कविहिन हुनुभएको थियो । खोजतलाश गर्दै जाने क्रममा सोही वडाको घरेटीडाँडाको भीरबाट करिब २०० मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौँडा अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।