हेटौंडा । माओवादी केन्द्र हेटौंडा – १३ नम्बर वडा कमिटिको अध्यक्षमा सुर्यबहादुर छ्युमी सर्वसम्मत् चयन भएका छन् । बुधबार भएको कमिटिको दोस्रो सम्मेलनले छ्युमीलाई नेतृत्वमा सर्वसम्मत् चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गुनुमाया थिङ, कृष्ण बहादुर स्याङतान, सार्किमान हिम्डुङ, सचिवमा सौराज लामा, सहसचिव लालकुमार थोकर, कोषाध्यक्षमा मान बहादुर लामा चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा कमला रुम्बा, अर्जुन रुम्बा, श्यामकुमार लामा, फूलमाया पाख्रिन, कृष्णबहादुर मोक्तानलगायत ३५ सदस्यीय कमिटि चयन भएको छ ।

सम्मेलन माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको हो ।