हेटौंडा  । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट शुक्रबार लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पश्चिमी चम्पारण वडा नं.३६ बस्ने ३७ बर्षीय जितेन्द्र जैसवाल र सोही स्थान बस्ने ३८ बर्षीय मनोज कुमार दास रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट वीरगंजतर्फ जादै गरेको ना ४ ख ५९२२ नक्बरको यात्रुवाहक बसमा सवार जैसवाल र दासलाई शंका लागेर चेकजाँच गर्दा ४ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आ–आफ्नो शरीरमा कपडाले छोपी लुकाएर ल्याएको अवस्थमा प्रहरीले बरादम गरेको हो ।

लागुऔषध गाँजा सहित दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।