हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० टिसियन रोडस्थित एक अटो मोवाईल पार्टस् सपमा आगलागी भएको छ । शनिबार बिहान स्थानीय हरीवंश प्रसाद गुप्ताको हरिओम अटो मोवाइल पार्टस सपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान ९ बजेर ५० मिनेटको समयमा लागेको आगो बागमती प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म हेटौंडा र हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलको सहयोगमा विहान १० बजेर ५५ मिनेटमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी के, कसरी लाग्यो ? भन्ने खुलेको छैन भने मानविय क्षति पनि भएको छैन । त्यस्तै क्षतिको पुरा विवरण पनि आउन बाँकी छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।