हेटौंडा । सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा समूहले विभिन्न विद्याका ८ जना उपभोक्ताहरुलाई सम्मानित गरेको छ । समूहले उत्कृष्ठ उपभोक्तामा हेटौडा–६ दिब्यनगरका तारानाथ ढकाल, पशुपालनमा हेटौडा–६ का कृष्ण प्रसाद घोरसैनी, खेतीमा मकवानपुरगढी–३ का भीमसेन हुमागाई, सरसफाईमा मकवानपुरगढी–३, मक्रान्चुलीका रामशरण देवकोटा, कृषि उपज खरिदकर्तामा हेटौडा–६, पुतलीबजारकी कल्पना परियारलाई सममानित गरेको छ ।

यसैगरि वातावरण सफाइमा हेटौडा–६ चौघडाका राजु थापा मगर, उत्कृष्ठ महिला समूहमा मकवानपुरगढी–४, कालीखोलामा रहेको एकता महिला आयआर्जन समूह र २०८० सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने मकवानपुरगढी–३, मक्रान्चुलीका अनिश घिमिरेलाई वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको छ ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–६ का वडा सदस्य सरिता सापकोटा, लेखराज ढकाल, सव डिभिजन वन कार्यालय, हेटौडाकी वन अधिकृत सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राइृ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, बंशगोपाल दुग्ध सहकारीका लेखा संयोजक जयराम घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल सचिव नानीमायाँ रुम्वा, कार्यसमितिका पदाधिकारी, लेखा समिति, महिला समूहका पदाधिकारी, उपभोक्ता, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

१ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ९ सय घरधुरी आवद्ध रहेका छन ।