हेटौंडा । सामाजिक, व्यवसायीक र राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन, मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन तामाखोलाका भक्त बहादुर खत्री । उनी बकैया गाउँपालिकामा आम जनताले रुचाएका व्यक्ति पनि हुन । आगामी स्थानीय निकायको चुनावमा बकैयाँ गाउँपालिका अध्यक्ष पदमा पार्टीले टिकट दिए जिम्मेवारी लिन तयार रहेको उनले अनिरुद्र खबरसंग कुराकानी गर्दै बताएका छन ।

खत्रीको व्यवसायी यात्रा यस्तो छ
कर्मलाई चिनेका, जिवनको कथा, व्यथा र भोगाई बुझेका पात्र पनि हुन खत्री । उनको नाम जस्तै काममा पनि छुट्टै चकम छ, उनी कर्मका भक्त पनि हुन । उनी सादा जीवन बिताउँने एक कर्मयोगी र कुशल व्यवसायी हुन ।

उमेरले ५३ बर्ष पुगेका खत्रीले एसएलसी सम्मको औपचारिक शिक्षा प्राप्त गरेका छन । ३ छोरा, १ श्रीमति सहित खुसीयाली पारिवारीक जिवन व्यतित गरिरहेका खत्रीले आफ्नो कर्मबाट आर्जन गरेको पैसाले छोराछोरीलाई उच्च शिक्षा मात्रै नभई आफैं स्वरोजगार बन्नु पर्छ भन्ने ज्ञान समेत दिएका छन ।

कुनै समय सामान्य किराना पसलबाट आफ्नो जीवनको आर्थिक सम्बृद्धिको यात्रा तय गर्न खोजेका खत्री कयौं पटक आर्थिक पाटोमा कमजोर सावित भए । सिमित पुँजी, असिमित खर्च, परिवारको जिम्मेवारी र किराना पसलको व्यवसाय घाटामा डुबेपछि उनी बिकल्पको खोजिमा थिए । मुल धनमा चोट लाग्यो, उनी लामो समय आर्थिक अभावमा परे । उनले सामुदायिक वन उपभोक्ता समूहको कोषबाट ऋण लिए काम गर्न थाले । सुरुवाती समय एउटा ट्रयाक्टर व्यवसायबाट अगाडि बढेका खत्री संग अहिले ५ वटा ट्याक्टरहरु ३ वटा बस, ३ वटा ट्रिपर र इसुजीको एउटा नीजि सवारी समेत छ । किराना पसल, ब्लक उद्योग, फर्निचर उद्योग, बालुबा प्लान्ट समेत उनले खोलेका छन । उनी सहकारी तथा बैंकमा दैनिक बचत समेत गर्दछन । उनले प्रत्यक्ष रुपमा ५० बढीलाई रोजागारी समेत दिएका छन ।

राजनीतिक यात्रा
२०४७ सालदेखि २०६० साल सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको बिभिन्न पदमा रहेर काम गरेका खत्री २०६० सालपछि माओवादीमा प्रवेश गरेका थिए । समानुपातिक समावेशी, धर्म निरपेक्षता, गणतन्त्रको स्थापना, बिभेदको अन्त्यका लागि लडाइ लडेको, महिला, दलित र पछाडि पारिएका वर्गको उत्थानमा माओवादी लागेकाले उनले माओवादीको बिचार, सिद्धान्त मन पराएर उनी माओवादीमा प्रवेश गरेका थिए । उनी सुरुवाती समयमा माओवादीको गाउँकमिटीमा रहेर काम गरे । पार्टीले उनको सक्रियतालाई मुल्याङकन गरेर बकैया गाउँ कमिटी अध्यक्षको जिम्मा पनि दियो । उनी अघिल्लो स्थानीय चुनावमा तत्कालिन नेकपा माओवादीबाट बकैया गाउँपालिका अध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका थिए ।

करिव एक दर्जन सामाजिक संघसंस्थामा सक्रिय भक्तबहादुर खत्री समाजका लागि काम गर्न मरिहत्ते गर्ने एक व्यक्ति पनि हुन । उनले १२ बर्ष बर्मा ठाकुर सामुदायिक वन उपभोक्ता समुह छतिवनको अध्यक्ष, ८ बर्ष सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको कोषाध्यक्ष, २०५० सालमा नेपाल रेडक्रस सोसाइटीमा सदस्य तथा कोषाध्यक्ष पदमा रहेर सक्रिय काम गरेका थिए । त्यस्तै उनी ८ बर्ष महेन्द्र उमावि छतिवनको बिद्यालय व्यवस्थापन समतिको अध्यक्ष पदमा आवद्ध रहेर काम गरे । उनकै पालमा महेन्द्र उमावि भएको थियो । खत्री जनछहारी सहकारीमा ऋण समितिका संयोजक पनि हुन । उनी २०५० सालको बाढीपीडित र २०७२ सालको भूकम्प पीडितको उद्दार र सहयोग कार्यमा सक्रिय भूमिका निभाउने सामाजिक क्षेत्रका क्रियाशिल व्यक्ति हुन ।

आगामी स्थानीय निकायको चुनावमा बकैया गाउँपालिकाको अध्यक्ष पदका आकाँक्षी भक्तबहादुर खत्रीका यस्ता छन कार्य योजना 

१) बकैया गाउँपालिका भित्रका हरेक बिकटतालाई सुगम संग निकट बनाउने योजना ।
२) यस गाउँपालिका भित्र रहेका स्रोत र साधनको समुचित पहिचान गरि त्यसको दिगो व्यवस्थापन गरि आय आर्जन, विकास निर्माणमा जोड्ने लक्ष्य ।
३) गरिबीको पहिचान गरि मापदण्ड बनाई स्तरीकरण गर्ने र गरिबी निवारण गर्ने ।
४) गरिब बिपिन्न बर्गहरुको पहिचान गरि जेहेन्दार, गरिबहरुको शिक्षा, स्वास्थ्यको निमित्त व्यवस्था मिलाउने ।
५) बकैया गाउँपालिकाको अव्यवस्थित बसोवास, बर्षौदेखिको भोग चलन गरिएका खेतबारी जग्गा धनीको स्वामित्वको निमित्त नियमसंगत ढंगले लडाई लडि हकहित स्थापना गर्ने ।
६) विकासको मोडल तीन तहमा बर्गीकरण गरिनेछ, दीर्घकालीन योजना, मध्यकालीन योजना र अल्पकालीन योजना तर्जुमा गरि कार्यान्वयन गरिने छ ।
७) स्थानीय तहको भद्रगोलतालाई दृष्टिगत गरि जनतालाई दिनपर्ने सुबिधा सस्तो, सुलभ गरिने छ ।
८) बकैया गाउँपालिका उर्वरभूमि नदिकटानको दीर्घकालीन योजना बनाई नदि नियन्त्रण गर्ने र जनताको जिउधनको सुरक्षा गर्ने ।
९) जनतालाई आय आर्जन बृद्धि विकास गर्ने लगायत बजारिकरणको व्यवस्थागर्ने र उत्पादनमा बृद्धि गर्ने ।
१०) नदिजन्य पदार्थ र वन पैदावारको संरक्षण, सम्बद्र्धन र उपभोग गरि आयआर्जन बृद्धि विकास गरिने छ ।