हेटौंडा । नेकपा एमालेले मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले सबै उमेद्वारको टुङ्गो लगाएको छ ।

एमाले इन्द्रसरोवरले पालिका अध्यक्षको उमेद्वारमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा हरिमायाँ बललाई उमेद्वार बनाउने निर्णय भएको छ ।

त्यस्तै वडा नम्बर १ को अध्यक्षमा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्र कुमार बल र ५ नम्बर वडामा अनिश लामालाई एमालेले वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।