हेटाै‌डा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भूभागहरूमा आङ्शिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आङ्शिक बदली रहने छ । देशको पहाडी भूभागहरूका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित क्षतिक वा हल्का वर्षको हुने महाशाखाले जनाएको छ ।