हेटौंडा । निर्वाचन आयोगले मतदान केन्द्रमा उम्मेद्वारको पार्टी बाहेकका दलको प्रतिनिधि राख्न नपाउने निर्णय गरेसँगै मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्रमा गठवन्धनलाई समस्या परेको छ ।

देशैभरी जस्तै मकवानपुरका मतदान केन्द्रमा पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान केन्द्रमा उम्मेदवारले मात्रै प्रतिनिधि राख्न पाउने भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन संशोधनसहित स्वीकृत निर्देशिका पारित गर्दै सो निर्णय गरेकोले राजनीतिक दल भन्दा पनि उम्मेदवारको मात्र प्रतिनिधी राख्न सक्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताए । मकवानको प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्ष तर्फ गठवन्धनको तर्फबाट नेपाली कांग्रेस तथा क्षेत्र नंबर २ मा नेकपा एसको उम्मेद्वार मात्र भएको कारण ति दल बाहेकका अन्य दलका प्रतिनिधिहरु प्रत्यक्ष तर्फको उम्मेद्वार बन्न नपाउने भएका हुन् ।

आयोगको यस्तो निर्णयले प्रत्यक्षतर्फका उम्मेदवारका प्रतिनिधि मात्र प्रतिनिधिको रूपमा बस्न पाउने भएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको प्रतिनिधि बस्न नपाउने भएका छन् । साथै, चुनावमा सहभागी भएका तर प्रत्यक्ष तर्फका उम्मेदवार नभएका दलका प्रतिनिधि पनि बस्न नपाउने भएका छन् ।

पहिलेका चुनाबमा दलहरुका प्रतिनिधी मतदान केन्द्र बस्ने गरेका थिए । तर, अहिलेको चुनावमा भने उम्मेदवारका प्रतिनिधीहरु मात्र राख्ने भनेपछी गठवन्धनका दलहरुले आफुहरुलाई समस्या भएको वताएका छन् ।