काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपियाँको ऋणपत्र निष्काशनको अनुमति पाएको छ ।

बैंकलाई सेबोनले विहीबार वार्षिक १०.७५ प्रतिशत ब्याज दिने ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत–२०८९/९०’ नामक ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

सेबोनबाट अनुमति पाएसँगै बैंकले १ हजार रुपियाँ  अंकित दरका कूल ४० लाख इकाई ऋणपत्र बिक्री खुला गर्नेछ ।

कूल निष्काशनमध्ये २४ लाख इकाई व्यक्तिगत तबरबाट र १६ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।