कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि २०८० साल राम्रो रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्ने, पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, गुरु, राहु र केतुको कारणले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा समेत ह्रास आउनसक्छ, तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । मंसिर महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ ।

व्यापार/व्यवसाय
कन्या राशिको लागि यो वर्ष धन लाभ हुने नै छ तर सामान हराउने वा फस्न सक्छ भने कृषि, सेयरबजार, घरजग्गा, शिक्षाक्षेत्र तथा पर्यटन क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु र खाद्यान्नमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाइनेछैन । आर्थिक दृष्टिले असार, भाद्र, मंसिर र फागुन महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
बृहस्पति, राहु र केतुको कारणले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको सुरुमा भने प्रेम सम्बन्ध सुमधुर भएपनि मङ्सिरबाट त्यति राम्रो नहोला । सन्तानको रहर गर्नेहरूको लागि भने जन्म कुण्डलीमा गुरु, राहु र केतुको अवस्था ठीक भएमा सन्तान सुख मिल्ने सम्भावना भने रहेको छ ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनमा सामान्य नै रहनेछ । बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा विदेश जानेले भने राम्रो सफलता पाउनेछन् ।

पेशा/रोजगार
यसपालि आफ्नो पेशा वा रोजगारमा अनावश्यक अपजस आउनसक्छ । मिहिनेत अनुसारको फल, नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । गुरु, राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ ।

स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ, अत: सवारीसाधन चलाउँदा सावधानी अपनाउनु पर्नेछ । पेट, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ र घर परिवारको औषध उपचारमा पनि खर्च बढ्नेछ । आहार विहारमा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।

शुभ रङ्ग
निलो, रातो, पहेँलो, खैरो र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ६, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
प्रत्येक सोमबार शिव भगवानको दर्शन, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । गुरु, राहु र केतुको ग्रह शान्ति गर्दा राम्रो होला भने वर पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो