एजेन्सी । इण्डोनेशियाको मुख्य टापु जाभामा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ५० जनाको ज्यान गएको छ भने सात सय जनाभन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले कैयौँ भवन भत्काएको समाचार संस्था एपीले जनाएको छ ।

सियानजुर वरपरका क्षेत्रका धेरै ठाउँमा पहिरो खस्नुको साथै इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले जानकारी दिए ।

जकार्ता लगायत भूकम्पको धक्का महसुस गरिएका ठाउँका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी लाई उद्धृत गर्दै एपीले जनाएको छ ।