एजेन्सी । चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज बुधवार दिउँसाे उहाँको निधन भएको हो ।

नेता जियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति जियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए ।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिए । तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए ।