एजेन्सी । बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ । बेलारुसी अदालतले ६० वर्षीय एलेसलाई हिजो १० वर्षको जेल सजाय सुनाएको मानवअधिकारवादी संस्था भियास्नाले जनाएको छ ।

भियास्ना एलेसद्वारा स्थापित मानवअधिकारवादी सङ्गठन हो । उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप छ । सार्वजनिक व्यवस्थाको उल्लङ्घन गर्ने कार्य तथा तस्करीमा दोषी ठहराइएको भियास्ना मानव अधिकार समूहले भनेको बीबीसीले उल्लेख गरेको छ । उनी यसअघि नै अनुसन्धानका लागि थुनामा रहेका थिए ।

सन् २०२२ को नोबेल शान्ति पुरस्कार एलेसका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो ।