![](https://anirudrakhabar.com/wp-content/uploads/2022/12/316671110_5895960080466869_4674291658980573849_n-1024x680.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2022/12/316671110_5895960080466869_4674291658980573849_n-1024x680.jpg)
चन्द्रमालाई छुन खोज्ने आशा अनौठो
आफै ठूलो हुन खोज्ने आशा अनौठो
जेलझाल गरि वरी आफै तिर तान्ने
जसरी नि आफैं जित्ने पासा अनौठो
अरूलाई लडाएर आफू अघि बड्ने
छिमेकमा हुने गर्छ तमासा अनौठो
चुनाव अघि गालि गौलज जे गरेनि हुने
सत्ता चाख्न एकै हुने भाषा अनौठो
राजकाज जालसाँजि जेगरे नि पच्ने
आफू हारेर नि जित्ने बासा अनौठो
प्रतिक्रिया दिनुहोस्