उता
खाडीमा मेरा दाजुको पसिना पग्लँदा
र मेरि दिदिको बैँस पग्लँदा
रेमिटेन्सले मेरो देश धनि हुन लागेको छ
एता
उनै दाजु र दिदिलाई सम्झदा सम्झदा
जलस्रोतमा दोस्रो धनि मेरो देश
मेरी आमाका आखाँमा लुकाएर राखेको दुई असिना पग्लदा
संसारकै सबैभन्दा धनी हुन लागेको छ।
देश! सायद तिम्रो छातीका बाझा खेतमा
भाग्य रेखा मेटिएका मेरा दाजुका हत्केलाका बल परेनन्
या मेरी दिदिको फुटेका निधारका पसिना खसेनन्
त्यसैले खडेरी परी चिरा परे खेत र बारीका छाति
र चिरा पर्यो मेरि आमाको छाती भित्रको मन पनि
…चिरकालसम्मै टाटो रहनेगरी।
चिरा परेका बारीको माटो
र चिरा परेरै बनेको आमाको मनको टाटोलाई
झोलामा पोको पारी
तिम्लाई धनी बनाउन
झोला भन्दा भारी ‘मन’ का इच्छा मारी
‘मनि’ कमाउन
मेरो दाजु र दिदिले हिँडेको साघुँरो बाटो
आज पनि साघुँरै छ
तर तै बाटो को माथीको
फराकिलो आकाश हुँदै
कैयौं आमाको मन साघुँरो बनाई
उनका चन्द्र सुर्य , चाँदनि र तारा आजपनि उडिरहेछ्न्
बाध्य भएर!
देश!
सुनका फल फलाउन सक्ने पाखुरीको बल बेचि
मेरा दाजु आफ्ना जहान परिवारका खोक्रो पेट भर्छन्
मेरी दिदी आफ्नो कोक्रोमा सुतेकी बच्चिको भविस्य कोर्छिन्।
अरे देश!
कयौं पाखुरीका बल खाडिको खाल्डोमा पुरिदैगर्दा
तिम्ले त सोच्छौ होला रेमिटेन्सले तिम्रो भकारी भरिएको छ
म भने सुनखानीको कोक्रोमा निदाइरहेको देश
तिम्लाई आज खोक्रो भएको देखिरहेछु
अरे देश!
मेरा दाजु र दिदिले खाडीमा पसिनाको बाढी बगाई
पठाएको अमिलो गंध आउने पैसाले
तिम्ले त सोच्छौ होला तिमी धनी भएका छौ
म भने भुगोलमा तिम्लाई धमिलो भएको देखिरहेछु।
हेर त देश!
हिराका दाना फलाउन सक्ने
मेरा हिरालाल दाईले
हिरा कमाउन गएको आज ठ्याक्कै नौ महिना भयो
आज उहाँ आफू हरि कहाँ पुगी
तिमिलाई धनी बनाउन भेट स्वरुप लाल बाकसमा जन्मिएर आएका छन्
यसरिनै हरेक नौ महिना
एउटि आमाले आफ्नो लाललाई
कालको मुखमा पुगेको हेरिरहन्छिन्
बाध्य भएर!
सुन त देश!
मेरि हिरामाया दिदि हाम्रो माया खाली पारि
तिम्रै लागी कमाउन गएकि छिन्
थाहा छ देश..
कमाउनका लागी उनि सृफ आफ्नो श्रम बेच्दिनन्
कहिलेकाही आफ्नो शरम पनि बेच्छिन्।
बाध्य भएर!
उनिहरु आफ्नो सर्वर्श गुमाउँछन् र मात्र कमाउछन्
तब मात्र तिम्रो ढुकुटी भरिन्छ रेमिटेन्सले
अनि बन्छौं तिमी धनी ।
भन त देश ..
तिम्लाई अझ कति धनी हुनु छ?
भाष्कर पंगेनी
थप जानकारी