हेटौंडा । बिद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका ९ नम्बर वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो १ बजेको समयमा हेटौंडा बजारबाट वडा अध्यक्ष घलानलाई पक्राउ गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौंडा–१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राती यौन दूर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको थियो । समृद्ध समाजबाट