हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले कृषकका समस्या समाधान गर्न नगरपालिकाले एक वडा एक प्राबिधिक पठाउने योजना रहेको बताएकी छिन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मकवानपुरको बार्षिक स्विकृत कार्यक्रम सार्वजनिकरण गोष्ठी कार्यक्रमलाई आज हेटौंडामा सम्बोधन गर्दै मेयर लामाले विज्ञ सहित फिल्डमा गएर काम गर्न आग्रह गरेकी छिन् । उनले कृषि तथा पशुको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले आर्थिक बर्ष २०७९÷८० को स्वीकृत बजेट तथा कार्यक्रम बारे जानकारी गराएका थिए । भेटेरिनरी हस्पतालले यस आर्थिक बर्षको लागि ८ करोड ४२ लाख ५० हजार बजेट बिनियोजित गरेको छ ।

भेटेरिनरी अस्पताल हेटौंडाको सभाहलमा भएको कार्यक्रममा १० वटै स्थानीय तहका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।