हेटौंडा । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा देव कृष्ण पुडासैनीलाई सर्वसम्मत सिफारिस गरेको छ । पुडासैनी ईन्द्रसरोबर गाउँपालिकाको पार्टी कमिटीको अध्यक्ष पनि हुन ।

उपाध्यक्षमा पार्टीले उमा लामा र हरिमाया लामालाई सिफारिस गरेको छ । ईन्द्रसरोबर गाउँपालिका वडा–१ मा राजाराम विष्ट, वडा–२ मा वैकुण्ठ थापामगर, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्रकुमार बल र ५ मा अनिश लामालाई सर्वसम्मत अध्यक्षमा सिफरिस गरेको छ ।