हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ कंलकीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन ।

शनिबार दिउँसो भिमफेदी कुलेखानी काठमाण्डौं सडकखण्ड अन्तर्गत काठमाण्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ५२४५ नम्बरको बोलेरो गाडी आफै ब्रेक फेल भएर दुर्घटना हुदा ईन्द्रसरोबर –२ बस्ने १७ बर्षीया सुस्मिता दोङ र सोही स्थान बस्ने अन्दाजी २२ बर्षीया सुमी दोङ गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घाइते दुवैको टाउकोमा गहिरो चोट रहेको र उपचारको लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बोलेर चालकलाई नियन्त्रणमा लिइसकेको छ ।